Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि


    सोमबार, फाल्गुन २१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेप्से परिसूचक ११७.७० अंकले वृद्धि भएको छ । सोमबार ११७.७० अंकले वृद्धि भएको सेयर बजार २०७८ विन्दुमा पुगेर बन्द भएको छ ।

    माओवादी–कांग्रेससहितको गठबन्धन भत्किएर माओवादी–एमाले सत्ता गठबन्धन बनेसँगै सोमबार सेयर बजारमा उछाल आएको हो । सोमबार ६ प्रतिशतले सेयर बजार बढेको हो । सोमबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको थियो ।

    यसदिन २३७ कम्पनीको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २० लाख ९ हजार ९७८ रुपैयाँको कारोबार भएको छ ।
    यसदिन २३० कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार