Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अभियन्ताका नाममा अराजकता मच्चाउनेहरु धमाधम खोरमा, पुण्य गौतमदेखि शर्मिला वाइबासम्म


    आइतबार, फाल्गुन २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काडमाडौं । अभिब्यक्ति स्वतन्त्रताको नाममा पछिल्ला दिनमा स्वघोषित अभियन्ता दाबी गर्दै प्रहरी र न्यायाधीश नै आफैं बनेर ब्यक्तिको निजी मामिलामा समेत हस्तक्षेप गर्दैआएकाहरु धमाधम पक्राउ पर्न थालेका छन् । श्रीमान श्रीमतीको विवादमा कानुनी प्रक्रियामा जानै बाधा अड्चन पैदा गर्दै, लाखौं पैसा बार्गेनिङ गर्ने शर्मिला वाइबा थुनामा छिन् ।

    वाइवाले कलाकार पवन खतिवडामाथि कुटपिट गरेको आरोप छ । वाइवा पक्राउपछि भाइरल हुनका लागि युट्युबमा मनपरी बोल्ने पुण्य गौतम र युवराज सफललाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

    उनीहरु आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरबाट पक्राउ परेका हुन् ।

    गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए ।झुन्डिएर पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएको थियो ।

    पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ । पोष्टमार्टम रिपोर्ट नआउँदै सालिनको बलात्कारपछि हत्या भएको दाबी उनका पिताले गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार