काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशन र पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने नेतृ पुष्पा भुसालले जानकारी दिइन्। यस्तै, बैठकमा सरकारबारे आगामी रणनीति, सुनिल थापा समूहको व्यवस्थापनका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्।
यस्तैगरी बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ।
सभापति शेरबहादुर देउवाले विभिन्न विभाग गठन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ। त्यस्तै, क्रियाशिल सदस्यता वितरणको विषयमा पनि विवाद छ। यि सबै विषयमा छलफल हुनसक्ने एक कांग्रेस नेताले बताए।
यसअघि पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भएका छन्। विवाद समाधानका विषयमा सबै पक्ष सहमति नजिक पुगेको जनाएको छ।
नेताहरुबीच विभिन्न चरणमा भएको छलफलबाट बनेको सहमतिलाई आजको बैठकमा राखिने जनाएको छ। त्यसलाई केन्द्रीय समितिको बैठकले पारित गर्नसक्ने उनले बताए।
यसअघि बिहीबार पदाधिकारी बैठक बसेको थियो। बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र कांग्रेस पदाधिकारी तथा केही केन्द्रीय सदस्य सहभागी थिए।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend