काठमाडौं । नेपाली सेनाका तीनजना सहायक रथीको उपरथीमा बढुवासँगै पदस्थापन भएको छ । मन्त्रिपरिषद्को ६ फागुनको निर्णय अनुसार सैनिक मुख्यालय जंगी अड्डाले सहायक रथीहरू अनुपजंग थापा, सुनिल श्रेष्ठ र प्रकाश देउजालाई बढुवा सिफारिस गरेको थियो । सरकारले रक्षा मन्त्रालयको प्रस्तावमा उनीहरूको बढुवा गरेको हो ।
बढुवा भएका उपरथीहरुले आइतबार दज्र्यानी चिह्न लगाएका थिए । उपरथीमा बढुवा भएका श्रेष्ठ मध्यपश्चिम पृतनापति, देउजा सम्भाररथी विभाग र थापालाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
नेपालफेसले गएको फागुन ७ गते देउजालाई संभाररथी विभागमा पदस्थापन गर्न ठेकेदारहरु समेत लागेको समाचार लेखेको थियो । जुन कुरा उनको संभाररथीमा पदस्थापनसँगै पुष्टि भएको छ । देउजा यसअघि संभाररथी विभागमा ट्वाइसी थिए । संभाररथीमै कार्यरत उनलाई बढुवापछि प्रमुखमा त्यहीँ पदस्थापन गरिएको छ । संभारथी विभागको प्रमुखबाट खरिदकाण्डमा परी सरुवा भएका र हाल हेटौंडामा कार्यरत उपरथी प्रदीपजंग केसीले नै देउजालाई प्रमुख बनाउनका लागि भूमिका खेलेको स्रोत बताउँछ ।
बढुवा सिफारिसमा पर्नासाथ उपरथी केसीले नै देउजालाई ठेकेदार राजमान मिश्रसँग भेट गराइदिएका थिए । बढुवा हुनुअघि नै ठेकेदारसँग भेट गर्दै हिंड्ने देउजालाई आगामी भदौमा अवकाश हुन लागेका सेनापति प्रभ्ुराम शर्माले संभाररथीमै पदस्थापन गरेका छन् ।
संभाररथीमा ट्वाइसी हुँदै ठेकेदारसँग सेटिङ गरेको आरोप लागेका उनलाई सेनापति शर्माले त्यहीँ पदस्थापन गरेपछि सेनाभित्रको खरिद कसरी पारदर्शी र निष्पक्ष हुन्छ भन्ने प्रश्न उठेको छ । यस्तो बिषयमा अवकाशको मुखमा रहेका सेनापतिले किन बिचार नगरी देउजालाई संभारमा पदस्थापन गरेका छन् । संभाररथी विभागका निवर्तमान प्रमुख उपरथी बिष्णु राउत सज्जन प्रकृतिका भएकाले ट्वाइसी रहँदा देउजा नै खरिद प्रक्रियामा हावी हुने गरेका थिए ।
सेनाको संभाररथी विभागले आवश्यक सामानको खरिद गर्ने भएकाले त्यहाँको प्रमुख हुन निकै दौडधूप हुने गरेको छ । देउजाले गतबर्ष ट्वाइसी भएर पनि खरिदमा तर मारेको र आँउदो बर्षको ठेक्का पनि उनले नै गर्नेछन् ।
सहायकरथीमा संभारमै कार्यरत रहेका देउजालाई उपरथी बढुवापछि त्यहँी पदस्थापन गराउन सफल भएको भन्दै ठेकेदार मिश्र र उनका पाटर्नर जलेश्वर पौडेलले खुसी बाँड्दै हिंडिरहेको स्रोतले बताएको छ । जलेश्वर पौडेलकै सेटिङमा मिश्रले देउजालाई भेटेका थिए । मिश्रको कम्पनी गोर्खा ह्याट बुझाउन नसकेर कालोसूचीमा परेपछि उनको सेनामा सम्बन्ध राम्रो थिएन । पौडेलले नै राम्रो बनाइदिएका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend