काठमाडौं । टेरामक्स खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छिट्टै विशेष अदालतमा मुद्दा दर्ता गर्ने अभिब्यक्ति प्रमुख आयुक्त प्रेमकुमार राईले दिइसकेका छन् । टेरामक्स खरिद अनियमिततामा प्रत्यक्ष मुछिएका मुख्यसचिव बैकुन्ठ अर्याल भने भ्रष्टाचारमा मुद्दा चल्न नदिनका लागि बिभिन्न बिचौलिया प्रयोग गर्दैआएका थिए । बालुवाटारदेखि अख्तियारका पदाधिकारीसँगको पहुँच देखाउँदै टेलिकमका ठेक्कामा कब्जा जमाएका राम थापालाई उनले प्रयोग गर्दैआएका थिए ।
टेरामक्समा मुद्दा नचलाउने वातावरण बनाउन बिचौलिया प्रयोग गर्दैआएका अर्याल अख्तियारको थुनामा रहेका सुरक्षण मुद्रण विकास समितिका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग घुस लिएको काण्डमा परेका छन् । जुन काण्डमा उनले रकम लिएको भौचरसमेत कान्तिपुरले सार्वजनिक गरेको छ ।
टेलिकमका धेरै ठेक्का सेटिङमा कब्जा गर्दैआएका राम थापा नामका बिचौलियालाई उनले अख्तियार मिलाउनका लागि परिचालन गरेका थिए । स्रोतका अनुसार राम थापाले अख्तियार प्रमुख प्रेमकुमार राईसँग आफ्नो सम्बन्ध रहेको भन्दै टेरामक्समा जोगाइदिने आश्वासन दिएका थिए ।
अख्तियारमा पहुँच देखाएर प्रमुख आयुक्त राईको बदनाम गर्दै आएका थापा टेलिकमको बिलिङको ठेक्का लिनका लागि मुख्यसचिवमार्फत् पनि प्रबन्ध निर्देशक संगीता पहाडीलाई दबाब दिइरहेका छन् । उनका श्रीमान सेनाका प्राविधिक कर्णेल विश्वबन्धु पहाडीसँग थापाको दैनिकजसो उठबस हुने गरेको छ । एमडी संगीता पहाडीका श्रीमानले नै टेलिकमका ठेक्कामा सेटिङ गर्दैआएका छन् ।
बिचौलिया थापाले आफन्तको नाममा कम्पनी खोलेर अख्तियारमा पहुँच देखाएर टेलिकमका ठेक्का लिने गरेका छन् । पछिल्ला दिनमा राम थापा टिकटक खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म पुगिसकेका छन् । बालुवाटारकी शक्तिशाली महिला गंगा दाहालमार्फत् उनी टिकटक खुलाउने दाउमा छन । दूर संचार प्राधिकरणले भित्रभित्रै चलाएको भन्दै इन्टरप्रदायक संस्थाहरुलाई कारबाही गर्ने सूचना जारी गरिरहेको बेला थापा भने बालुवाटारमार्फत् खुलाउन हिंडेका हुन् । थापाको माओवादी नेता जनार्दन शर्मासँग पनि हिमचिम रहेको बताइन्छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend