Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सम्पत्ति शुद्धीकरणको आरोपमा सुनिल कुमार सिंह दोषी ठहर


    मंगलबार, फाल्गुन १५ २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिल कुमार सिंहलाई दोषी ठहरसहित सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ ।

    न्यायाधीशहरु खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अपहरण तथा शरिर बन्धकको मुद्दामा दोषी ठहर भएका सिंहलाई गलत ढंगले आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा दोषी ठहर गरेको हो ।

    विशेष अदालतले उनी सहित मीना कार्कीले पनि सम्पत्ति लुकाउन सहयोग गरेको ठहर गरेको छ । उनीहरुले अपराधबाट आर्जन गरेको रकम घरजग्गा खरिदबिक्रीमा लगानी गरेको देखिएको भन्दै कसुरमा संलग्न भएको निष्कर्ष निकालेको हो । उनीहरुलाई कसुर निर्धारणका लागि २४ फागुनमा पेश गर्न आदेश भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार