Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जीटुजी मार्फत् स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको तयारी 


    बुधबार, चैत्र २६ २०७६
    1.8K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २६ चैत । मेडिकल उपकरण खरिदमा विवाद भएपछि सरकारले गभर्मेन्ट टु गभर्मेन्ट(जिटुजी) मार्फत कोरोना संक्रमणविरुद्धका मेडिकल सामग्री किन्नका लागि भारत र चीन लगायतका ५ देशलाई पत्राचार गरेको छ ।

     नेपाली सेनाले ल्याउने भनिएका ती स्वास्थ्य सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत् पत्राचार गरेको छ । 

    परराष्ट्र मन्त्रालयले नेपाल सरकारले जिटुजीमार्फत मेडिकल सामग्री खरिद गर्नुपर्ने भएकाले दूतावासमार्फत पहल गरेको हो । नेपाली सेनाले पनि ती देशमा रहेका राजदूतावासका सैनिक सहचारीमार्फत् स्वास्थ्य सामग्री खरिदबारे पहल थालेको छ । यसअघि सरकारले ३ दिनको म्याद दिएर मागेको कोटेसनमा भाग लिएको ओम्नी ग्रुपलाई टेण्डर दिंदा विवाद भएपछि जीटुजीको विकल्पमा जान लागेको हो । 

    सरकारले चीन सहित भारत, सिंगापुर, दक्षिण कोरिया र जापानसँग अत्यावश्यक पीपीई सहितका मेडिकल सामग्री खरिद गर्न खोजेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार