धनुृषा, २६ चैत । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको छ । कोरोना रोकथामका लागि सरकारदेखि सबै तह र तप्का लागिरहेका छन् । तर कोरोनाको महामारीको बेलामा अरबपति ब्यापारी मेडिकल उपकरण कालोबजारी गदागर्दै पक्राउ परेका छन् । कतिपय धन नहुने तर मन हुनेहरु सहयोग जुटाएरै भए पनि कोरोना रोकथामका लागि गाउँ गाउँमा स्वास्थ्य सामग्री बितरण गर्न तल्लीन छन् ।
पत्रकार संजीव मण्डलले कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने उपायका बारेमा सूचना प्रवाह गर्नेमात्र होइन, आफ्नो गाउँमा स्वास्थ्य सामग्री जुटाएर घर घरमा बितरण गर्न तल्लीन छन् । उनले धनुषाको विदेह नगरपालिकामा स्वास्थ्य सामग्री बितरण गरेका छन् । साथीभाइको सहयोगमा आफूले विदेह नगरपालिका वडा नम्बर ७ मा स्वास्थ्य सामग्री बितरण गरेको मण्डलले जानकारी दिए । उनले उक्त वडाका टोलटोलमा गएर स्थानीयलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
मण्डलले बुधबार मात्रै विदेह नगरपालिका ७ मा स्यानीटाइजर ५० वटा, ग्लोब २ सय थान, मास्क १२ सय थान, साबुन ६५० वटा बितरण गरेका छन् । वडाका प्रत्येक घरपरिवारमा स्वास्थ्य सामग्री पु¥याउने काममा आफू लागेको उनले जानकारी दिए ।