Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच जना चिकित्सकलाई सेवाबाट बर्खास्त 


    बुधबार, चैत्र २६ २०७६
    815
    Shares
  • १ मिनेट पाठ
  • बुटवल, २६ चैत । कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा कार्यरत पाँच जना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिइएको थियो । तर उनीहरुले उक्त निर्देशन पालना नगरेको भन्दै सेवाबाट बर्खास्त गरेको हो 

     प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभए भन्दै बर्खास्ती गरिएको जनाएको छ ।
    अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिए । 
    उनले भने, ‘हरेक दिन सामाजिक विकास मन्त्रालयमा कर्मचारीको हाजिरी पठाउनुपर्छ, मन्त्रालयले हाजिरी नदेखेपछि बर्खास्ती गरेको हो ।’

    रेडियोलोजी विभागमा कार्यरत डा। बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा। प्रकृति कार्की, नाक, कान घाटी विभागका डा। प्रकाश न्यौपाने र न्यूरो सर्जन डा। सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार