काठमाडौं, २६ चैत । मेडिकल उपकरण थर्मोगन कालोबजारीको अभियोगमा मंगलबार पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् । प्रहरीले बुधवार अग्रवाललाई सरकारी वकिल कार्यालय मार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।