काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा बनाइएको ६ सदस्यीय कार्यदललाई बालुवाटार बोलाएका छन्।
यसअघि पार्टी विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल नेतृत्वको कार्यदल गठन गरेको थियो। सोही कार्यदलले बुझाएको प्रतिवेदन अनुसार पार्टी विवाद तत्कालका लागि मत्थर भएको थियो।
अहिले पनि विवाद बढेका समयमा सोही कार्यदललाई सक्रिय बनाउन प्रमले चाहेको बुझिएको छ । यसअघि आफ्नो पक्षमा निर्णय गराउन सहायता गरेकाले पनि कार्यदल ब्यूँताउने प्रयास भएको बताइन्छ ।
तर कार्यदलमा रहेका सबै सदस्यहरु बालुवाटार जाने/नजाने निधो भैसकेको छैन । पूर्व माओवादी तर्फका पम्फा भुसाल व्यक्तिगत व्यस्ताताका कारण बालुवाटार जान नसक्ने बताइन् । यस्तै जनार्दन शर्मा खराब स्वास्थ्यका कारण त्यहाँ नजाने बताइएको छ। भीम रावल र सुरेन्द्र पाण्डे भने जाने/नजाने निधो नभैसकेको बताइन्छ ।
पछिल्लो समय पार्टी सचिवालय बैठकका माग गर्दै कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ। तर प्रम ओलीले बैठक बोलाउने कुनै तयारी नगरेको बताइन्छ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend