Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा


    बुधबार, चैत्र २६ २०७६
    825
    Shares
  • २ मिनेट पाठ
  • पोखरा, २६ चैत । जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ। 

    पोखरामा सञ्चालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका ग१   च ५४९२ र ग१च २७१४ नम्बरका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बहाना गरी सेवा दिन आनाकानी गरेकोले चालकसमेतलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

    केसीका अनुसार लकडाउन शुरु भएदेखि हालसम्म २४ वटा गाडी कारबाहीमा परेका छन्। लकडाउनको अवज्ञा गर्ने तीन हजार ५७७ नागरिकलाई नियन्त्रणमा लिई सचेतनामूलक जानकारी पश्चात छोडिएको जानकारी दिँदै उनले यस अवधिमा दुई हजार ३५६ मोटरसाइकललाई कारबाही गरिएको जानकारी दिए।

    त्यस्तै यही चैत २१ गते मानिसको मृत्यु भएकाले मलामी जानका लागि भनी जिल्ला प्रशासन कार्यालय कास्कीबाट लिएको सवारी पासको दुरुपयोग गरी मानिस ओसारपसार गरेको गरेको भन्दै स्याङ्जा भिरकोट–६ का लीलाप्रसाद पङ्गेनी र स्याङ्जाकै अर्जुनचौपारी–५ बस्ने प्रताप पौडेललाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार