काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट बुधबार रौतहट बौधीमाई नगरपालिका दुई जना घाइते भएका छन्। बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा बनिया घाइते भएको हुन्।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडक खण्ड स्थित पिलुवा नजिक मोटरसाइकलमा सवार उनीहरुलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते कृष्ण साहा बनियाले बताए। बाघले आक्रमणपछि सडकमा लडेका उनिहरुलाइ त्यस रुटमा चल्ले बसका रहेका यात्रुले थप उदार गरेको कारण बाघ पुनः जंगलमा भागेको थियो।
बाघको आक्रमणमा परी राजुको दायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ। चालम कृष्णको भने सडकमा लडेको हुदा दुवै हातमा चोट लागेको छ। घाइते दुबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend