काठमाडौँ। चर्को विरोध र आलोचनाका बीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको अवधि तेस्रो पटक पनि लम्ब्याएको छ।
आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै थप दुई महिनाको लागि निषेधित क्षेत्र तोकिएको हो।
यसरी प्रशासनले निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो। सुरूमा प्रशासन कार्यालयले गत मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न निषेध गर्दै निषेधित क्षेत्र तोकेको थियो।
गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रममा दंगा नहोस् भन्ने उद्देश्यले प्रशासनले उक्त आदेश जारी गरेको थियो। तर प्रसाईंको कार्यक्रम सकिए पनि प्रशासनले निषेधित क्षेत्र भने नहटाएको हो।
त्यसपछि पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्र लम्ब्याएको थियो। आज गरेको आदेश तेस्रो पटक हो।
प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वरसम्म, शितल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको थियो।
कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अतिविशिष्ट पदाधिकारी बसोबास गर्ने तथा कार्यालयलगायत आसपासका क्षेत्र रहेकाले निषेधित क्षेत्र तोकेको प्रशासनको तर्क छ।
यसरी माइतीघर लगायत मुख्य स्थनमा प्रदर्शन गर्न रोक लगाउँदा सुरक्षा, एम्बुलेन्स, दमकल, अस्पताल लगायत अत्यावश्यक सेवा प्रवाहमा सहज भएको पनि प्रशासनले जनाएको छ।


सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend