Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुर अस्पतालमा कोरोना परिक्षणको लागि पिपिई बुथ राखियो


    मंगलबार, चैत्र २५ २०७६
    560
    Shares
  • २ मिनेट पाठ
  • भक्तपुर,  2५ चैत । आज मंगलबारदेखि भक्तपुर अस्पताल दूधपाटीमा कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि पीपी बुथ राखिएको छ। डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बुथ बनाएको हो।

    उक्त वुथ अस्पतालको  इर्मजेन्सी वार्डको बाहिर राखिएको छ। 

    भक्तपुर अस्पताल मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले कोभिड १९ सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोभिड १९ सर्नबाट जोगाउन बुथ राखिएको जनाइन्। चिकित्सक बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भावना शुन्य हुने जनाइएको छ। सो क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ।

    बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले यसअघि एक कार्यक्रमबीच भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र अस्पताल मेडिकल सुपरिटेण्डेन्ट डा.सुमित्रा गौतमलाई यो बुथ हस्तान्तरण गरे।

    देशभर कोरोनाको सम्भावित संक्रमितको परीक्षणका लागि ठाउँंठाउँंबाट बुथ बनाएर प्रयोग गरियोस् भन्ने हेतुका साथ नमूना बुथ बनाई हस्तान्तरण गरिएको  इन्जिनियर दुवुालले सुनाए। उनका अनुसार देशका आल्मुनियम वर्कसपमा यस्ता बुथ बनाउन सकिन्छ। यसका लागि आफूहरुको समूहले प्राविधिक सहयोग गर्न तयार रहेको उनले जनाए।

     उनले बुथको प्रयोगले कोरोना भाइरसको उपचारमा थप सहयोग पुग्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार