Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निजी अस्पतालका कर्मचारी बोक्दै एम्बुलेन्स


    मंगलबार, चैत्र २५ २०७६
    970
    Shares
  • १ मिनेट पाठ
  • हेटौँडा, २५ चैत । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ। लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरु ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो।

    प्रहरीले  ना४च १७७७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर अबदेखि यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यसैगरी प्रहरीले दुग्द्य सामग्री बोक्ने भनेर लेखिएको अटोमा मदिरा बोकेको पाइएपछि पक्राउ गरेको छ। प्रहरीले मकवानपुरगढी गाउँपालिका–५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध बोक्ने अटोलाई मदिरासहित नियन्त्रणमा लिएको हो। प्रहरीले उक्त अटोमा रहेको करिब १४० लिटर मदिरा जफत गरेको छ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार