काठमाडौं । नेपाल समाजवादी पार्टीले रिक्त केन्द्रीय समितिमा पदपूर्तिका लागि सहअध्यक्ष गंगा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार दिउँसो केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यदल गठन गरेको हो ।
कार्यदलमा उपाध्यक्ष हिसिला यमी, दुर्गा सोव, महासचिव रमेश यादव र ईश्वर रिजाल सदस्य रहेका छन् । कार्यदलले रिक्त २१ जना केन्द्रीय सदस्यको अद्यावधि गर्ने, जनवर्गीय सङ्गठनभित्र सक्रिय र निष्क्रिय सदस्यहरूको छानबिन गर्न कार्यादेश दिएको छ । बैठकले केन्द्रीय समितिले अनुमोदन गरेका संशोधित मस्यौदा पारित गरेको जनाइएको छ ।
महाधिवेशनको म्याद एकवर्ष थप्ने केन्द्रीय समिति बैठकको निर्णय अनुमोदन गरेको बताइएको छ ।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend