Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिजिट भिसा प्रकरणः सेटिङमा सबैको मिलेमतो, कारबाहीमा पर्ने ९ जनामात्रै


    आइतबार, माघ २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्कालाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसा प्रकरणमा गएको मंसिर २७ गते पक्राउ परिसकेपछि उनले बयानका क्रममा आफूमात्र होइन, कार्यालयका सबैले दामासाहीले घुसको भागबण्डा गर्नेगरेको बयान दिएका छन् ।

    अधिकृत खड्काले भिजिट भिसामा मानवतस्करी गर्ने गिरोहसँग घुस लिएर विमानस्थल अध्यागमन कार्यालयका सबैलाई आफूले मात्रै दैनिक ५० हजारका दरले दिने गरेको बयान दिए पनि प्रहरी परिसर काठमाडौंले १ बर्षअघि सरुवा भइसकेका केही समेत गरी ९ जनाबिरुद्ध मात्र जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    नरवीर खड्काले बयानमा अध्यागमन कार्यालयका नायबसुब्बा, कम्प्युटर अप्रेटरदेखि कार्यालय प्रमुखसम्मलाई ५० हजारका दरले आफ्नै हातले बुझाउने गरेको भिडियो नै भए पनि सुशासनको अभियानमा लागेको दाबी गर्दैआएका नारायणकाजी श्रेष्ठ नेतृत्वको गृहमन्त्रालयले ९ जनालाई मुद्दा चलाएर सबै सेटिङकर्तालाई उन्मुक्ति दिएको छ ।

    १ बर्षको अवधिमा अध्यागमन कार्यालयबाट भिजिट भिसामा मानवतस्करी गरी करोडौंको घुस कारोबार भए पनि नरवीर खड्का, बिमल पौडेल, बिकास डंगोल, सरुवा भइसकेका तारा कुँवर जस्तालाई मुद्दा चलाएर सबैलाई उन्मुक्ति दिएको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमनका अधिकांश कर्मचारीको कनेक्सन भिजिट भिसामा फेलापारिसकेको अवस्थामा गृहप्रशासनको दबाबमा ९ जना कर्मचारीबिरुद्ध मात्र मुद्दा लगेर ठूला माछालाई जोगाइएको छ । अध्यागमन कार्यालयका प्रमुख गोगन हमाल, गोगन हमालदेखि बरिष्ठ अध्यागमन अधिकृतहरु झंकनाथ ढकाल, गोकर्णप्रसाद उपाध्याय, शेरबहादुर पुन लगायतका १३० अधिकृत, २० नासु, १० कम्प्युटर अप्रेटरको सहित अधिकांशको कनेक्सन भिजिट भिसामा देखिए पनि ९ जनाबिरुद्ध मुद्दा चलाएर यो प्रकरणको पटाक्षेप गरिएको छ ।

    अध्यागमन अधिकृतहरु कुमारप्रसाद पोखरेल, कुलराज सुवेदी, लोेकेन्द्रबहादुर बिष्ट, प्रमोदबहादुर चन्द, रोशन शर्मा, सूर्यलाल विश्वकर्मा, टोपलाल भूसाल, यमबहादुर बुढामगर, अरुण सापकोटा, रमेशप्रसाद रिजाल लगायतलाई दैनिक ५० हजार घुस दिएको बयान नरविरले दिए पनि उनीहरुलाई गृहमन्त्रालयले नै उन्मुक्ति दिएको छ ।

    कम्प्युटर अप्रेटर, रामकुमार थापा समेत भिजिट भिसा सेटिङका हर्ताकर्ता हुन् । यीमध्ये अधिकांश नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन र माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनको सिफारिसमा अध्यागमन एयरपोर्टमा सरुवा भएकाले अधिकृत नरवीर खड्काले बयान दिए पनि उनीहरुलाई मुद्दा नचलाई उन्मुक्ति दिइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार