Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणको त्रासः भारतबाट तरकारी र फलफूल आयात रोक्न अनुरोध 


    सोमबार, चैत्र २४ २०७६
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ चैत । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सोमबार बसेको बैठकले भारतबाट फलफूल तथा तरकारी आयात पूर्णरुपमा रोक लगाउन सम्बन्धित निकायमा अनुुरोध गर्ने निर्णय गरेको छ । 

    भारतबाट तरकारी तथा फलफूल नेपाल भित्रिदा भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाइएको छ । बैठकले भन्सार विन्दुमा नै भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल आयातमा पूर्ण रुपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने साथै व्यवसायीहरुले फलफूल तथा तरकारी भारतबाट आयात गर्न नपठाउने पनि निर्णय गरेको छ ।

    त्यस्तै फलफुल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थ परक बनाउने, त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्ने पनि निर्णय भएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार