Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोकतन्त्रमा प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक: महन्थ ठाकुर


    बुधबार, माघ १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताएका छन् । आज गजेन्द्रनारायण सिंहको २२ औँ पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले वाक स्वतन्त्रताका लागि लड्नेहरुबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा नहुने बताए । लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने सुविधा सबैलाई हुने उनको भनाइ छ। अध्यक्ष ठाकुरले जनसंख्याको आधारमा प्रदेश र स्थानीय सरकार बन्न नसकेको गुनासो गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार