काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीभित्रबाटै दबाब बढिरहँदा पार्टी अध्यक्ष महन्थ ठाकुरले संघीय सरकार एवम् प्रादेशिक सरकारहरुलाई लोसपा नेपालले दिएको समर्थन यथावत रहेको स्पष्ट पारेका छन् । थमन विक हत्या प्रकरणमा लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि ठाकुरमाथि सरकारको समर्थन फिर्ता लिनुपर्ने दबाब बढिरहेकाे बेला उनले एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् ।
यस सन्दर्भमा केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण सूचना आएको बताउँदै अध्यक्ष ठाकुरले लोसपा नेपाल सत्तारुढ गठबन्धनको एउटा महत्वपूर्ण पक्षको रुपमा रहेको स्पष्ट पारे । शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका र न्यायपालिका अलग-अलग दूई स्वतन्त्र अस्तित्वमा रहेको हुनाले एकले अर्कालाई प्रभावित गर्न सक्दैन भन्ने मान्यतालाई लोसपा नेपालले आत्मसात गर्दै आएको उनले बताए ।
‘नेपाली जनताको बर्षौं देखिको अनवरत संघर्ष र हजारौंको वलिदानीको परिणाम स्वरुप प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकाश तथा प्राप्त उपलब्धिहरुको रक्षा गर्न सत्तारुढ गठबन्धन भित्रको पार्टीहरु बिचको सम्बन्ध थप मजबुत गर्दै देश भित्र रहेका वर्तमान चुनौतिहरुको सामना गर्नको लागि संघिय सरकार एवम् प्रादेशिक सरकारहरु प्रभावकारि रुपमा कार्य सम्पादन गर्नु पर्ने लोसपा नेपालको ठहर रहेको छ,’ अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्न आग्रह गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend