Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तत्काल केन्द्रीय सरकार फेरबदलको सम्भावना छैन : महन्थ ठाकुर


    शनिबार, माघ २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले तत्काल केन्द्रीय सरकार फेरबदलको सम्भावना आफूले नदेखेको बताए । महोत्तरीको मटिहानी–१ धिरापुरमा लोसपा नेपाल मटिहानी नगरसमितिले आज आयोजना गरेको ‘जनताकाबिच जनप्रतिनिधि’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    उनले मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता एवं मुख्य कार्यभार भएको बताएका छन् । समृद्धि अभियानमा सबै दलले समान दायित्वबोध लिनुपर्नेमा उनले जोड दिए।

    उनले भने, “एकले अर्कोतिर औँला ठड्याउने होइन, समृद्धिका लागि हातेमालो गर्नुपर्छ”, महोत्तरी क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरले भने, “मुलुकको आर्थिक समृद्धि बेगर हाम्रो सुखद यात्रा अघि बढ्न सक्दैन ।” नेता ठाकुरले फरक प्रसङ्गमा सङ्घीयतासहितको गणतन्त्रात्मक संसदीय व्यवस्था संसारकै उच्चतम लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार