काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
माघ ७ गते बसेको बोर्डको बैठकले यो वर्षको एसईईबारे निर्णय गरेको थियो । बोर्डले यसअघि सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार चैतको पहिला साताबाट परीक्षा सञ्चालन गर्ने भनिएको थियो । तर, पहिला साता होली पर्व परेकाले दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
परीक्षा तालिकाअनुसार पहिलो दिन चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २७ गते ग्रेडबृद्धि अन्तर्गतका परीक्षाहरू सञ्चालन हुनेछन् ।
परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइबाट हुने बोर्डले जनाएको छ । तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।
एसईई दिने अपाङ्गता भएका परीक्षार्थीको सहजीकरणका लागि केन्द्राध्यक्षले सम्बन्धित विद्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ ।
परीक्षा तालिका हेर्नुहोस्

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend