Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतको अयोध्यामा मोदीले आज राममन्दिर उद्घाटन गर्दै


    सोमबार, माघ ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज भारतको अयोध्यामा बहुप्रतीक्षित राममन्दिर उद्घाटन हुँदैछ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको उपस्थितिमा आज अपरान्ह १२:२० मा राममन्दिरमा रहेको रामललाको मूर्तिमा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ।

    राजनीतिक वा धार्मिक भनी विवादित कार्यक्रमको सुरक्षाका लागि १३ हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय मिडियाले जानकारी दिएका छन्। उक्त कार्यक्रममा ७ हजारभन्दा बढी पाहुना सहभागी हुँदैछन्।

    प्राण प्रतिष्ठा कार्यक्रममको सुरुमा मंगलबार ‘प्रायश्चित’ गरिएको थियो।

    अहिलेको ५१ इन्च अग्लो मूर्ति मैसुरका कलाकार अरुण योगीराजले बनाएका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार