Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इटालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या घट्दै


    सोमबार, चैत्र २४ २०७६
    955
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौ,२४ चैत । इटालीमा पछिल्लो २४ घण्टामा नोबेल कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५२५ पुगेको छ । यहाँ दुई सातायता मृत्यु हुनेको संख्या घटदै गएको छ ।

    साथै इटलीमा समग्र मृत्यु हुने मानिसको संख्या पनि १५ हजार ८७७ पुगेको छ । आइतबार सार्वजनिक गरिएको दैनिक मृत्यु हुनेको संख्या इटलीको लागि दुई सातायताकै कम हो ।

    इटलीमा आइतबार चार हजार ३१६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै इटलीमा समग्र संक्रमितको संख्या पनि एक लाख २८ हजार नाघेको छ ।

    संक्रमितको संख्यामा पनि पछिल्लो केही दिनयता निरन्तर कमी आइरहेको छ । अहिलेसम्म इटलीमा २१ हजार ८१५ जना संक्रमित निको भइसकेका छन् । अहिले इटलीमा ९१ हजारभन्दा धेरै कोभिड १९ का बिरामी निको हुन बाँकी छन् ।

    इटलीमा पछिल्लो साता सातादेखि भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार