काठमाडौं, २३ चैत । काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तिव्रता दिएको छ । केही दिनअघि मात्रै कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ पारित गरेको काठमाडौँ महानगरपालिकाले राहत वितरण र लागत संकलन कार्यलाई तिव्रता दिएको हो । शनिबारसम्म काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट १० हजार ५ सय २३ जनालाई राहत बितरण गरेको छ ।
‘शनिवारसम्म ३२ वटै वडाले उपलब्ध गराएको तथ्याङ्क अनुसार २२ हजार ६ सय ४२ जनाको विवरण संकलन गर्ने काम सम्पन्न भएको छ’ प्रशासन विभाग प्रमुख नमराज ढकालले भने, ‘अभिभावक नभएका, आफ्नो आयश्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने, आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौ–धौ भएका र सम्बन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई हामीले राहत दिने मापदण्ड बनाएका छौँ ।’
संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका, भरियालगायत पनि मापदण्डभित्र रहेको उनले जानकारी दिए । त्यसैगरी महानगरपालिकाले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलनलाई पनि तिव्र रुपमा अघि बढाएको उनले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको त्रिचालिसौँ नगर कार्यपालिका बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई वितरण गरेको थियो । त्यसैका आधारमा विवरण संकलनको कामलाई तिव्रता दिएको उनले जानकारी दिए । वडाहरुले क्वारेन्टाइनका निर्माणको कामलाई पनि तिव्रता दिएका छन् । वडा नम्बर–४ का अध्यक्ष मोहन विष्टले बागमती कलेज सुकेधारालाई २७ शैयाको क्वारेन्टाइन बनाएको जनकारी दिएका छन् । उक्त वडाले करीब २ हजारलाई राहत वितरण गर्ने योजना बनाएको छ ।
अध्यक्ष विष्टका अनुसार आज मात्रै ५ सय ३७ जनाले राहत प्राप्त गरेका छन् । उक्त वडाल ६ स्थानबाट राहत वितरण गर्दै आएको छ । वडा १० ले पनि एक हजार बढीलाई राहत वितरण गरेको जानकारी दिएको छ । वडा १८ ले १२ सय भन्दा बढीलाई वितरण गरेको जानकारी दिएको छ । वडा २७ ले पनि समस्यामा परेका करीब ७ सयलाई खाना खुवाउने काम गरेको छ ।
त्यसैगरी वडा ५ ले ९ सय बढी र वडा ११ ले ६ सय बढीलाई राहत बितरण गरेको छ । वडा १४ ले पनि ७ सय बढीलाई राहत वितरण गरेको छ । यता वडा ३१ ओम बाडेश्वर मन्दिरबाट आसपासका का १ सय १५ परिवारलाई, त्यसैगरी इन्द्रधनुष स्कूल र भ्याली भ्यू स्कुलबाट १ सय १९ परिवारलाई राहत दिएको छ । आलोकनगरमा ३० परिवार र देउराली क्लवबाट ५० परिवारलाई पनि राहत दिइएको वडा सचिव सुरेश साहुले जानकारी दिएका छन् ।
वडा नं. १३ को राहत वितरण कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य अनुगमनका लागि पुगेका थिए । संघीय संसद, जीवनराम श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र वडाध्यक्ष ध्रुवनारायण मानन्धर पनि राहत वितरण कार्यक्रममा सहभागी भएका थिए ।
यो वडा कालीमाटी तरकारी बजार भएको क्षेत्र हो । सो वडामा एकै दिन २ सय ५० बढीले राहत लिएका थिए । काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलको १५ नंं वडाले पनि आजसम्म ६ सयलाई राहत वितरण गरेको छ । प्रवक्ता डंगोले करीब १३ सयको बिवरण संकलन गरेको जानकारी दिएका छन् । मेयर शाक्य मतदाता रहेको वडा २१ ले पनि आइतबारबाट राहत वितरणको कामलाई तिव्रता दिएको छ । राहत वितरणको पहिलो दिन १ सय १० जनालाई वडा कार्यालयबाटै वितरण गरेको वडाध्यक्ष उदयचुडामणि बज्राजार्यले जानकारी दिएका छन् । वडा २१ को राहत वितरणको सुरुवात मेयर शाक्यले नै गरेका थिए । सो वडाले शनिबारसम्म २ सय १० जनाको विवरण संकलन गरेको छ । त्यसैगरी वडा १६ ले पनि शनिबारसम्म ३ हजार २ सयको विवरण संकलन गरेको छ भने ४ सय ८६ लाई राहत वितरण गरेको छ ।
वडा २६ मा पनि राहत माग गर्दै विवरण बुझाउनेको संख्या १ हजार ५ सय २० पुगेको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिएका छन् । काठमाडौं बाहिर चल्ने लामो दूरीका गाडी यही वडामा भएको बसपार्कबाट छुट्ने भएकाले महानगरकै धेरै आवागमन हुने यस वडामा असंगठित क्षेत्रका श्रमिकको संख्या पनि उत्तिकै रहेको उनको भनाइ छ । उनले राहत बितरणको पहिलो दिनमै २ सय ९७ जनालाई राहत प्रदान गरेको जानकारी दिए । उनले आजसम्म ५ सय ६० ले राहत पाएको जानकारी दिए । उनले सामाजिक दूरी कायम राखेर वडाबाटै राहत वितरण गरेको जानकारी दिए । अन्य वडाले पनि राहत वितरणको कार्यक्रमलाई तिव्रता दिएको बताएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend