काठमाडौँ। रूपन्देहीको मर्चवारी गाउँपालिकामा ७ वर्षीया बालिकाको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मर्चवारी गाउँपालिका वडा नं. १ पचुवालीमा बालिकाको हत्या भएको अवस्थामा शव फेला परेको हो।
शुक्रबार साँझ ५ बजेतिर घरबाहिर खेलिरहेकी बालिका साँझ अबेरसम्म घर नफर्किएपछि परिवारले राति १० बजेतिर प्रहरीलाई खबर गरेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मर्चवारको टोलीले खोजी गर्दै जाँदा वडा नं. १ स्थित खोल्साको पानीमा घोप्टो परेको अवस्थामा बालिकाको शव फेला परेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर विकका अनुसार बालिकाको हत्या गरेको आरोपमा मर्चवारी गाउँपालिका वडा नं. १ महाराजगञ्ज बस्ने ३२ वर्षीय अकबर अली पक्राउ परेका छन्।
प्रहरीले अलीलाई हिजो शुक्रबार राति साढे १० बजेतिरै पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बालिका हराएको खबर पाएपछि खोजी गर्ने क्रममा एक जनाले साइकलमा राखेर लैजाँदै गरेको सूचना पाएपछि सोधपुछ गर्दै जाँदा अलीलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका अलीले बालिकालाई साइकलमा लिएर खोलामा लगेर हत्या गरेको बताएपछि उनैको सहयोगमा घटनास्थल र शव फेला पारिएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।
बालिकाको शवलाई आज बिहान पौने ४ बजेतिर घटनास्थलमा फेला पारिएको र पोष्टमर्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको र पक्राउ परेका अलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अहिले बालिकाको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएकोले हत्या हुनुभन्दा पहिले बलात्कार भए/नभएकोबारे भन्न नसकिने प्रहरीले बताएको छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend