Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • दार्चुलामा आगलागी हुँदा ४ महिनाका बालकको मृत्यु


    बिहिबार, पुष १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । दार्चुलामा बुधबार साँझ घरमा आगलागी हुँदा जलेर चार महिनाका बालकको मृत्यु भएको छ ।

    नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार विजयको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

    उक्त आगलागीबाट घरमा रहेका खाद्यान्न, भाडावर्तन, लत्ताकपडालगायतका सामानहरु जलेर नष्ट भएका छन् । स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार