Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजस्वमारा सङ्घाई ग्रुपको धन्दा: सयौ भारतीयलाई नेपाली नागरिकता

    सुपारी, पोस्तादाना तस्करीमा को को छन् ?


    बुधबार, पुष ११ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • वीरगंज | नेपालमा लगभग तीन दर्जन भन्दा बढी कारखाना र व्यवसाय सञ्चालन गरिएको भन्ने त्रिवेणी समूहको सांघाई परिवारले सयकडौं भारतीय नागरिकलाई नेपालमा नागरीकता दिलाई आफ्नो व्यवसायको हिस्सा बनाएको छ।

    वीरगंजमै हेर्ने हो भने प्रभुदयाल कन्दोई, विशाल कर्नानी, संजय गुप्तालाई प्रत्यक्ष प्रमाणको रूपमा लिन सकिन्छ।

    त्रिवेणी समूहका संचालकमध्ये एक वीरेन्द्र कुमार सांघाईले नेपालको नियम कानुनलाई धज्जी उडाउँदै आएका बिहारी राजीव गुप्ता र संजय गुप्तालाई आफ्नो व्यवसायमा साझेदार बनाई राजस्व लुट्ने अभियान चलाएका छन् ।

    नेपालमा बहुदल आएपछि राजस्व चुहावट छानबिनका लागि तत्कालीन सांसद परि थापाको अध्यक्षतामा बनेको समितिले संघाई समूह राजस्वमाराहरुकाे समूह भएकाे निष्कर्ष निकालेर प्रतिवेदन बुझाएको थियो। अहिले वीरगंज भन्सार नाकामा देखिएको बेथितिमा पनि संघाई समूह त्यत्तिकै जिम्मेवार रहेको बताइन्छ।

    वीरगंज भंसार र सुख्खा बंदरगाह भंसार कार्यालय (ड्राईपोर्ट)वीरगंजबाट भित्रबाट नै सेटिङमा सुपारी, छोकड़ा, कालो मरीच, पोस्तादाना, दाल र केराउ लगायतको अवैध कारोबार गर्ने द्वैध नागरिक गुप्ता ब्रदर्सको कारोबारमा संघई ग्रुपका वीरेन्द्र संघाई समेत हिस्सेदार भएको स्रोतको दाबी छ।

    ठूलो व्यापारिक घरानाको मुखौटा लगाएर संघाईले राजस्व चुहावट गर्न भारतीय नागरिकता प्राप्त गुप्ता ब्रदर्ससँग साझेदार बनेपछि

    राजु डल्डावालाको नामले चिनिने राजीव गुप्ता र उनका भाई संजय गुप्ताले नेपालमा आयात प्रतिबन्ध रहेका सामानहरू अर्कै नाममा भंसार भित्र छिराउने र सेटिंगमा प्रज्ञापन बनाई बाहिर ल्याउने कार्यमा गर्दै आइरहेको खबर प्रकाशमा आएको छ।

    सीमा क्षेत्रबाट भंसार अधिकारी र प्रहरी प्रशासनलाई मिलाएर बर्षौ देखि तस्करी गर्दै आइरहेका गुप्ता दाजुभाईको नेपाल भारतमा शिवशक्ति इण्डस्ट्रीज, हनुमान इम्पेक्स, समित नेपाल, त्रिवेणी फिड, महालक्ष्मी सोल्मेण्ट रिफाइनरी लगायतका उद्योग र कम्पनी मार्फत कारोवार गर्दै आइरहेको बताइन्छ ।

    भारतीय नागरिक रमाआशिस प्रसादको तीन भाई छोरा राजीव, संजय र सुजित मध्ये माहिलो संजयले झुठो विवरण दिएर नागरीकता लिएको बताइन्छ।

    फर्जी कागजात पेश गरि नेपाल र भारत दुबै देशको नागरिकता हासिल गरेको छोटो समयमै गुप्ता दाजु भाईले भारत विहारको रक्सौल एवं नेपालको काठमण्डौको कुलेश्वर हाईट र वीरगंजमा आलीशान महल ठड्याएका छन्। यी दुवै दाजु भाइले सिंगापुरमा समेत कम्पनी खोलेर हुण्डीको कारोवार समेत गर्दै आएका छन् ।

    केहि अघि वीरगंजस्थित सुक्खा बन्दरगाहमा १२० टन अवैध सुपारी भेटिएको थियो। फिड सप्लिमेन्ट (पशुपन्छीको दाना) घोषणा गर्दै भन्सार यार्डमा राखेका कन्टेनरबाट विभागबाट खटिएको टोलीले सुपारी बरामद गरेको गरेपछि सो कारोबारमा संलग्न गुप्ता ब्रदर्श लगायतका अन्य व्यवसायीहरूमा समेत हल्ली खल्लीमच्चिए पनि ती सामान आफ्नो भनेर दाबी गरेका छैनन्।

    बढी भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिबन्ध रहेका वस्तुहरूलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनि भन्सारबाट छुटाउन व्यवसायीले सुपारीलाई फिड सम्लिमेन्ट बनाएको बताइन्छ।

    पशुपन्छीको दानामा ५ प्रतिशत भन्सार महसुल मात्रै लाग्ने, मूल्य अभिवृद्धि कर नलाग्ने भएकाले व्यवसायीले तेस्रो मुलुकबाट पशुपन्छीको दाना भन्दै सुपारी, पोस्ता दाना ल्याउन लागेको सूचना पाएपछि विभागबाट खटिएको टोलीले कन्टेनर खान तलासी गर्दा ३० देखि ३५ प्रतिशत फिड सप्लिमेन्ट र बाँकी सुपारी भेटिएको थियो । केही कन्टेनरमा मरिच लगायतका सामान भए पनि व्यवसायीले दाल घोषणा गरेका रहेछन् । इन्डोनेसिया, मलेसिया लगायतका तेस्रो मुलुकबाट पशुपन्छीको दाना राख्ने बोरामा सुपारी हालेर ल्याइएको थियो । विभागले गत मंगलबार पनि २० टन सुपारी बरामद गरेको थियो ।

    यस्तै, विभागले अहिलेसम्म पोस्ता दाना, छोकडा, मरिच लगायतका सामानहरू बरामद गरिसकेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिवद्ध रहेका र एउटा वस्तुलाई अर्कै भनि ल्याएको सूचनापछि विभागले सर्च अभियान चलाएको थियो ।

    भंसारका कर्मचारीको सेटिंगमा देशको अर्थतन्त्र धरासायी बनाउन सक्रिय गुप्ता ब्रदर्श लगायत संलग्न अन्य माफियाहरू माथि निगरानी र लगाम नलगाउँदा देश दिनप्रतिदिन आर्थिक संकटमा पर्दै गएको छ भने राजस्वमारा व्यापारी, वित्तीय अपराधी एवं द्वैध नागरिकहरूको चुरीफुरी बढ्दै गएको छ।

    यस सन्दर्भमा संजय गुप्तासँग टेलिफोन सम्पर्क गर्न खोज्दा उनले “सरकारले नागरिकता दियो मैले लिएँ, दुई देशको नागरिक हुँदैमा अपराध गरेको होइन, उनले आफूले मीडियामा आएजस्तो दुई नम्बरी काम नगर्ने गरेको प्रतिक्रिया दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार