Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • सर्लाहीमा सेफ्टी ट्यांकीमा डुबेर अढाई वर्षका बालकको मृत्यु


    मंगलबार, पुष १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सर्लाहीको ईश्वरपुरमा सेफ्टी ट्यांकीमा डुबेर सोमबार एक बालकको ज्यान गएको छ ।

    ईश्वरपुर नगरपालिका-८ रामपुर निवासी कमल राउतका अढाई वर्षका छोरा सोहनको सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    छिमेकी कमलबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएको हो।

    कार्कीले सेफ्टी ट्यांकी ढलान नगरी खुला राखेको कारण बालक डुबेका पीडित अभिभावकले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार