Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटपिट गर्ने श्रीमान पक्राउ


    मंगलबार, पुष १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आफ्नै श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटपिट गरेका सन्तोष थापासहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सिन्धुलीको कमलामाई नगरपालिका– ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट गर्ने श्रीमान सन्तोषसहित ७ जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार लेनदेनको विषयमा विवाद हुँदा श्रीमान् सन्तोष थापाले श्रीमती शारदालाई कुटपिट गरेका हुन् ।

    आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको थियो।

    कुटपिटबाट शारदाको शरीरमा निलडाम भएका छन् । शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन्। उनले श्रीमान सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार