जुम्ला। जुम्ला विमानस्थलमा लामो समयदेखि हवाई टिकट वितरणमा देखिएको मनपरी रोक्न सरोकारवालाले कोटा प्रणाली लागू गर्ने सहमति गरेका छन् । विमानस्थलमा निजी हवाई कम्पनीले मनपरी रूपमा टिकट बाँड्ने, विमानस्थलबाहिर कार्यालय नखोल्ने, फोनको भरमै आफन्तलाई टिकट दिने र सर्वसाधारण नागरिकले सहजै टिकट नपाउने जस्ता गुनासो बढेपछि विमानस्थल कार्यालयले सर्वपक्षीय बैठक बोलाएको थियो ।
सर्वसाधारण र बिरामीले जहाजको टिकट पाउन सहज नभएको गुनासो आएपछि सर्वपक्षीय बैठक आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पुष्टि गरे । उक्त बैठकले विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने र एक दिनअगावै यात्रुको हातमा टिकट थमाइसक्नुपर्ने निर्णय गरेको छ । जुम्ला विमानस्थलमा सञ्चालित प्रत्येक वायुसेवा कम्पनीले आपसमा सहकार्य गरेर टिकट वितरण सहज बनाउनुपर्ने र हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको घिमिरेले जनाए ।
प्रत्येक उडानमा बिरामी, अशक्त र सुरक्षाकर्मीका लागि दुई/दुई सिट, जिल्ला प्रशासनका लागि दुई सिट जहाज उड्ने अन्तिमसम्म छुट्याउनुपर्ने र अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राखिनुपर्ने निर्णय गरिएको छ । टिकटलाई तीनथरी बनाएर ‘ए’ जरुरी काम परेकालाई, ‘बी’ बिरामीका लागि र ‘सी’ सरकारी कर्मचारीका लागि दिइने निर्णय भएको घिमिरेले बताए ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend