Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संक्रणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन मुख्य तीन दल सहमत


    सोमबार, पुष ९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच सदनमा छलफल गर्ने सहमत भएको हो ।

    पीडितलाई केन्द्रमा राखेर विधेयकमाथि संसदमा छलफल गर्न बैठक महत्त्वपूर्ण भएको सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    यो विधेयक अन्य विधेयकभन्दा फरक र गम्भीर विषय भएर संसदीय समितिमार्फत विलमाथि छलफल तीन दल सकारात्मक छलफल भएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार