Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चरेससहित एक जना पक्राउ


    सोमबार, पुष ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित रसुवाबाट एक जना पक्राउ परेका छन् । गोसाईकुण्ड गाउँपालिका-६ ठाडेखोलाबाट ६ सय ६८ ग्राम चरेशसहित आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ बस्ने ५५ वर्षीय दावा तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी हाकुबाट खटिएको प्रहरीले गोल्जुङवेशीबाट मैलुङतर्फ जाँदै गरेको बा.७६ प ३७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार