Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मध्यरातमा पोखरामा ठड्याइयो पूर्वराजा वीरेन्द्रको सालिक


    सोमबार, पुष ९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । मध्यराति पोखराको वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्र साहको सालिक ठड्याइएको छ।

    शालिक पुनर्निर्माण समितिले राति पौने २ बजेतिर करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो ।

    समितिका सचिव अरुण गिरीका अनुसार पोखरा महानगरपालिका-१० मा पर्ने यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो ।

    २०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो । पछिल्ला समय स्थानीयले चोक बुच्चो भयो, सालिक हुनुपर्छ भनेपछि मनवीर गुरुङको अगुवाइमा सालिक पुनर्निर्माण समिति बनाएर काम गरेको गिरीले बताए ।

    उक्त सालिक राखेपनि अरु काम बाँकी नै रहेको भन्दै गिरीले भने, ‘२०/२५ लाख बजेट लाग्ने अनुमान छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार