काठमाडौँ । जनकपुरकी आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले होटेलबाट पक्राउ गरेको छ।
जनकपुरधामको सीताचोकस्थित सगुन होटेलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक प्रक्रिया पुरा गरी करागार चलान गरिने धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिए।
गत मंसिर २० गते सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिए बमोजिम उनलाई पक्राउ गरिएको एसपी शर्माले बताए।
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत भेटिएकी थिइन्।
उनलाई परिवारले उपचारको लागि भन्दै काव्या अस्पताल लगेपछि घटनाबारे प्रहरीले थाहा पाएको थियो। आरतीकी माइती पक्षले श्रीमान, देवर, ससुरा लगायतले हत्या गरी झुण्ड्याएको आरोप लगाउँदै आएको छ।
यो मुद्दामा धनुषा जिल्ला अदालतले आरतीकी श्रीमान मोतीबाबु र ससुरा मदनमोहन व्याहुत सुँडीलाई थुनामा पठाउने आदेश दिएको थियो।
तर असोज १८मा उच्च अदालत जनकपुरले थुनामा रहेका दुबैजनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। त्यसविरूद्ध आरतीकी परिवार सर्वोच्च अदालत पुगेको थियो।
उक्त रिटमा माथिको सुनुवाइमा आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको थियो। आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend