Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • कैलालीमा पहिलोपटक भयो समलिंगी विवाह दर्ता


    आइतबार, पुष ८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धनगढी । कैलालीमा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ । कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका- १ बस्ने मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन् । हिन्दु परम्पराअनुसार उनीहरुले चार वर्ष अघि विवाह गरेका थिए।

    उनीहरू दुवै जना तेस्रो लिङ्गी हुन् । शुक्रबार कैलारी गाउँलिका-८ को वडा कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो ।

    गत १२ असारमा सर्वाेच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएपछि कैलालीमा चौधरीको जोडीले पहिलोपटक विवाह दर्ता गराएका हुन् ।

    यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलोपटक समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गराएको थियो ।

    शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले दिएको जानकारी अनुसार कैलाली जिल्लामा पनि तेस्रो लिंगी विवाह दर्ता भएको छ ।

    समलिङ्गी विवाह गरेका प्रकाश र मनिलाले आफूहरूको विवाहले कानुनी मान्यता पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार