Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सल्यानमा सडक खनिरहेको जेसिबी पल्टिँदा सहचालकको मृत्यु


    शनिबार, पुष ७ २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सल्यानमा सडक निर्माणका लागि परिचालन गरिएको जेसिबी पल्टिँदा सहचालकको मृत्यु भएको छ।

    सडक निर्माणका लागि परिचालन गरिएको रा १ क ८५९ नम्बरको जेसिबी दुर्घटना हुँदा दाङ गडवा गाउँपालिका – ५ का २३ बर्षीय सहचालक दीपेन्द्र चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो।

    तिरुपाते कम्पनीको उक्त जेसिबी जिल्लाको बागचौर नगरपालिका –३ स्यालागैरामा सडक निर्माणका क्रममा अनियन्त्रित भइ सडकबाट करिब १२ मिटर तल खसेको थियो।

    सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले सहचालक चौधरीलाई जेसिबिले च्यापेका कारण घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

    चालक भने हाम फालेर जोगिएको धमलाले जानकारी दिए।

    उक्त घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार