काठमाडौँ । नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करी प्रकरणमा थप एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–७ घर भएका ४५ वर्षीय विनोद कार्की रहेका छन् ।
कार्की ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको सिटी टुर्स एन्ड ट्राभल्सका सञ्चालक हुन् । भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा उनले सघाउने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको भनाई छ । कार्कीलाई पुस ५ गते काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ ।
भिजिट भिसामा विदेश जान लागे का युवा युवतीहरूको शङ्कास्पद कागजातसहित राहदानी असोज १७ गते देखि हाल सम्म १५१३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएको प्रहरीको भनाई छ । सो मध्ये २४६ कागजात नक्कली ंद्द को सर्टिफिकेट , श्रम स्वीकृति , नाता प्रमाणित , प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट नक्कली देखिएको थियो ।
उक्त कागजातहरू बनाउने व्यक्तिहरूको पहिचान गर्ने र उक्त नक्कली कागजातका आधारमा के(कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट , कन्सल्टेन्सी , ट्राभल्स एजेन्सीहरूले एयरलाइन्सलाई प्रतिव्यक्ति रु। १०,०००।– देखि १५,०००।– सम्म र अध्यागमनलाई प्रतिव्यक्ति रु। ४०,०००।– देखि रु। ५५,०००।– सम्म सेटिङ मिलाई विदेश पठाउने खुल्न आएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend