काठमाडौं । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनेर १ लाख ८० हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनकुटाको उपमहानगरपालिका-७ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका-१३ बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार बुढाथोकीले वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी कल्पना विश्वकर्मालाई पटकपटक गरी १ लाख ८० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
उनले पोल्याण्डमा मासिक १ लाख २० हजार कमाई हुने र त्यसका लागि सात लाख ५० हजार रूपैयाँ लागत लाग्ने भनेका थिए। १ लाख ८० हजार बुझेर प्रदीप सम्पर्कविहीन भएपछि कल्पनाले प्रहरीमा उजुरी दिएकी थिइन्।
पक्राउ परेका प्रदीपलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend