Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • १६ वर्षीया किशोरीको ४० वर्षका पुरुषसँग जबरजस्ती विवाह , आमासहित पाँच जना पक्राउ


    बुधबार, पुष ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन । पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको एक पुरुषसँग १६ वर्षकी छोरीलाई दबाब दिएर विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजूले दिएको उजुरीको आधारमा छोरीलाई जबरजस्ती विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पनि समातेको हो ।

    गत मंसिर २९ गते आफ्नो घरबाट केही पर रहेको सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई उनकी आमाले विवाह नगर्ने भए आफू झुण्डेर मर्ने भन्दै विवाह गर्न दबाब दिएकी थिइन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार आमा र दुई सानीमा सानोबाको दबाबका कारण किशोरी विवाहको लागि राजी भएकी थिइन् ।

    आफ्नो घर नै नलगी कावासोतीमै रहेको सानीमाको घरबाट छोरीको टिकोटालो गरेर विवाह गराइदिएर आमा घर फर्किएकी थिइन् ।

    सानीमाको घर गएकी नन्द घर नफर्किएपछि सोधी खोजी गर्दा ४० वर्षको पुरुषसँग विवाह गरिदिएको थाहा पाएपछि भाउजूले प्रहरीमा जाहेरी दिएकी इन्स्पेक्टर शर्माले जानकारी दिए । सोही जाहेरीका आधारमा प्रहरीले हिजो मङ्गलवार नै आमासहित बालिका विवाहमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।

    १६ वर्षकी बालिका ७ कक्षा पढेर छोडेकी थिइन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार