Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


    मंगलबार, पुष ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन। चितवनमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

    सोमबार दिउँसो साढे २ बजे भरतपुर महानगरपालिका-४ यज्ञपुरीचोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१२ का अन्दाजी ३० वर्षीय रामकृष्ण थापाको मृत्यु भएको हो।

    पिपलचोकबाट रामपुर जाँदै गरेको बा प्र ०६-००२ प २०७३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा १९ च ३४६४ नम्बरको बोलेरोले ठक्कर दिएको हो।

    मोटरसाइकल चालक थापा र पछाडि सवार तनहुँको सतिश्वारा गाउँपालिका-४ बस्ने ३५ वर्षीय राजेन्द्रबहादुर अधिकारी गम्भीर घाइते भएकोमा थापाको उपचारको क्रममा नयाँ मेडिकल कलेज, भरतपुरमा मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

    प्रहरीले मोटरसाइकल, बोलेरो र बोलेरो चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार