Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीमा ७० वर्षे उमेर हद नराख्न प्रस्ताव


    मंगलबार, पुष ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सोमबारबाट सुरू भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा उमेर हद नराख्ने गरी छलफल भइरहेको छ।

    उक्त सचिवालय बैठकमा नेतृत्वमा ७० वर्षे उमेर हद नराख्ने गरी छलफल भइरहेको हो।

    एकीकृत समाजवादीभित्र नेतृत्वमा ७० वर्षे उमेर हद राख्नुपर्ने बहस उठेको थियो।

    तर, अहिले केन्द्रीय कमिटीमा २५ देखि ४० वर्षसम्मका युवाको ३० प्रतिशत ४० देखि ६० वर्षसम्मकाको ६० प्रतिशत र ७० वर्षभन्दा माथिको १० प्रतिशत प्रतिनिधित्व रहने गरी छलफल भइरहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

    ‘युवादेखि वृद्धसम्म अटाउने गरी संचरचना प्रस्ताव गरिएको छ। यसमा छलफल भइरहेको छ। आज यसले पूर्णता पाउने छ,’ उनले भने।

    यस्तै, महाधिवेशनमा मौजुदा केन्द्रीय कमिटीका सदस्यहरू स्वतः प्रतिनिधि हुने कि, निर्वाचित भएर आउने पनि बहस रहेको उनले बताए।

    ‘मैले पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहटबाटै चुनिएर आउनुपर्छ, म धादिङबाट र महासचिव घनश्याम भूसाल रूपन्देहीबाट चुनिएर आउनुपर्छ, स्वतः प्रतिनिधि भन्ने हुँदैन। केन्द्रीय कमिटीका सबै आ–आफ्नो भूगोलबाट प्रतिनिधि छानिएर आउनुपर्छ भनेर प्रस्ताव गरेको छु,’ उनले भने।

    एकीकृत समाजवादीले माघ १४ र १५ गते केन्द्रीय परिषद्को पनि बैठक गर्दै छ। त्यसपूर्व विधान मस्यौदाको टुंगो लगाउन लागेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार