Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री ज्वाला दाबी- काठमाडौं उपत्यकाका सडकमा अहिले खाल्डाखुल्डी छैन


    सोमबार, पुष २ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी नरहेको दाबी गरेका छन्।

    ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा आज सोमबार मन्त्री ज्वालाले मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिएको उल्लेख गरे ।

    उनले तीनै तहका सरकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माण र पूर्वाधारका क्षेत्रमा अघि बढ्न सकिने बताए।

    ‘तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारका क्षेत्रमा, कृषिको क्षेत्रमा, खानेपानी, फोहोर व्यवस्थापनको क्षेत्रमा, खोलाको समस्याको समाधानको क्षेत्रमा समस्या समाधान गर्न सकिन्छ,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार