Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • आजदेखि एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, यस्ता छन् एजेन्डा 


    सोमबार, पुष २ २०८०
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजबाटनेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु हुने भएको छ । गत मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो ।

    उक्त बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ ।

    सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार