Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • आयल निगमको निमित्त कार्यकारीमा शाह


    आइतबार, पुष १ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल आयल कर्पोरेसनको निमित्त प्रबन्ध निर्देशकमा नागेन्द्र शाह नियुक्त भएका छन् । आयल निगमकाे नेतृत्वमा नयाँ व्यक्ति नआउन्जेलका लागि शाहले निमित्त कार्यकारीको जिम्मेवारी पाएका हुन् ।

    नेपाल आयल निगमलाई मन्त्रालयले सिनियर कर्मचारीको सूची मागेको थियो । सोअनुसार निगमले शुक्रवार नागेन्द्र शाह, वीरेन्द्र गोइत र दिपक बरालको नाम पठाएको थियो ।

    निगमको ‘सिनियरिटी’ मा शाहपछि गोइत र बरालको नाम पठाइएको थियो । यस्तै, खाली प्रबन्ध निर्देशकको पदमा आवेदन खुलाउने तयारी भइरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार