Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभामा भाग लिने १२ राजनीतिक दललाई निर्वाचन आयोगले दियो चुनाव चिन्ह


    आइतबार, पुष १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ।

    आज बसेको आयोगको बैठकले १२ राजनीतिक दलहरूलाई चिन्ह प्रदान गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको आयोगले जनाएको छ।

    नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार