Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चको कार्यबोझ घटाउन कानुन परिमार्जनको आवश्यकता : प्रस्तावित न्यायाधीश महेश पौडेलको (पूर्णपाठ)


    आइतबार, पुष १ २०८०
    790
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्चको कार्यबोझ न्यूनीकरणका निम्ति संविधान तथा कानुन परिमार्जनको आवश्यकता औैँल्याएका छन् ।

    उनले पेस गरेको कार्यायोजनामा अदालतमा अहिले मुद्दाको संख्या वृद्धि हुने क्रम बढेको उल्लेख छ ।

    “सर्वोच्च अदालतमा अहिले मुद्दाको संख्या अत्यधिक छ र मुद्दाको संख्या वृद्धि हुने क्रम पनि बढ्दो छ । सबै किसिमका मुद्दाहरू सर्वोच्च अदालतमा पुग्ने कुरा उपयुक्त हुँदैन । प्रदेश र स्थानीय कानुन संविधानसँग बाझिएको हदमा बदर गर्न उच्च अदालतलाई क्षेत्राधिकार दिने, दोहो¥याई पाउनदिने निवेदनहरू हेर्न सम्बन्धित उच्च अदालतहरूमा नै पूर्ण इजासको व्यवस्था गर्ने र सबै मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार क्षेत्र जिल्ला अदालतलाई प्रदान गर्ने गरी सर्वोच्च अदालतमा कार्यबोझ न्यूनीकरण गर्न सकिन्छ । यसका लागि संविधान तथा कानुन परिमार्जनको आवश्यकता छ,” कार्ययोजनामा भनिएको छ ।

    कार्य गरेको ३० वर्षमा इमानदारिता र निष्ठालाई आदर्श मानेर सेवामा आफूलाई समर्पित गरेको उनले उल्लेख गरेका छन् ।

    ACFrOgAJ_QnqOrywfUa7w_e27gy5b1mhL7mq1WVk0rXwmr8fUwF4cJWwQ5JA3wvi_DFMkNWADG1RwWfA5bEflE_eOa4DMsYbhxTa-jjJUHre-4ijSzZXSh5LZvn-O-z4LaICkC449WSZFc7EF6nm

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार