Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • हेलिकोप्टर चढेर पाँचथरको चिवाभञ्ज्याङ पुगे ओली


    आइतबार, पुष १ २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकोप्टर चढेर चिवाभञ्ज्याङ पुगेका छन् ।

    एमालेको झुलाघाट-चिवाभन्ज्याङ मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन आज अध्यक्ष ओली र एमाले शीर्षस्थ नेताले हेलिकोप्टर प्रयोग गरेर त्यसतर्फ लागेका हुन् ।

    पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकोप्टर चढेका हुन् ।

    काठमाडौंबाट मगाइएको हेलिकोप्टरमा पहिलो खेप वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेता चिवाभन्ज्याङ पुगे । दोस्रो खेपमा ओली र महासचिव पोखरेल उडेको स्थानीय सन्चारकर्मी दिपक बोहराले जानकारी दिए ।

    उक्त संकल्पयात्राभरि गाडी प्रयोग गरेका ओली र नेताले अन्तिम दिन हेलिकोप्टरमा उडेका हुन् । कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार