Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • रक्तचन्दनकाे काठसहित स्वयम्भुबाट भारतीय नागरिक पक्राउ


    शनिबार, मंसिर ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोकबाट ५ सय ८० ग्राम रक्तचन्दनकाे काठसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    भारत मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका-८ पशुपति बस्ने २२ वर्षीय नवउदिन चौधरीलाई आज प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले दिल्लीबाट काठमाडौं चल्ने मञ्जुश्री यातायातको बा.४ ख २३८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा चौधरीको साथबाट उक्त काठ फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार